श्रीमतीलाई अंश दिनुपर्ने भएपछि श्रीमानले १० लाख डलर आगो लगाए

एजेन्सी । क्यानाडाका एकजना ब्यापारीले १० लाख क्यानेडियन डलर आगो लगाएर नष्ट गरेका छन् ।
क्यानाडाको राजधानी ओटावाका बासिन्दा रहेका ब्रुस मककोनभिलले पारपाचुके गरेकी श्रीमतीसँग आफ्नो सम्पत्ति अंश लगाउनु पर्ने भएपछि आफूले त्यसो गरेको दाबी गरेका हुन् ।
गत साता अदालतमा दिएका बयान अनुसार उनले विभिन्न ६ बैंकबाट २५ पटकसम्म गरी १० लाख क्यानेडियन डलर अर्थात् ८ करोड ६१ लाख नेपाली रुपैयाँभन्दा बढी झिकेको र पैसामा आगो लगाएका हुन् । उनले पहिलो पटक गत सेप्टेम्बर २३ मा ७ लाख ४३ हजार डलर नष्ट गरेको र पुनः डिसेम्बर १५ मा बाँकी २ लाख ९६ हजार डलर नष्ट गरेको अदालतमा बयान दिएका छन् ।
सम्बन्धविच्छेद सम्झौताअनुसार पारपाचुके गरेकी श्रीमतीलाई अंश दिनुपर्ने अनी आफ्ना सन्तानको स्याहारका लागि पनि श्रीमतीलाई पैसा दिनुपर्ने भएपछि आफूले त्यसो गरेको उनको दाबी छ । उनले सन् २०१८ मा ओटावा शहरको मेयरको उम्मेद्वारी समेत दिएका थिए । नेपाल समाचारपत्रबाट