केरुङ्गामा नेकपा छत्रदेब गाउँपालिका कमिटीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
केरुङ्गा, अर्घाखाँची । अर्घाखाँची जिल्ला छत्रदेब गाउँपालिका वार्ड नम्बर ३ केरुङ्गामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)छत्रदेब गाउँपालिका कमिटीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।  
साबिक केरुङ्गा गाबिस वडा नम्बर १ केरुङ्गा कोसाकापाटा) निवासी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छत्रदेब गाउँपालिका वार्ड नम्बर ३ का वडा कमिटी सचिब टोपलाल पाण्डे,पार्टीका सकृय कार्यकर्ता रमेश पाण्डे र देबिप्रसाद पाण्डेका पूज्यनीय पिता,अर्घाखाँची जिल्लाको बामपंथी तथा लोकतान्त्रिक आन्दोलनका उत्प्रेरक तथा कम्युनिस्ट पार्टीका संरक्षक आदरणीय ओस्तराज पाण्डेको ९६ बर्षको उमेरमा दु:खद निधन भएको ११औ दिनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)छत्रदेब गाउँपालिका कमिटीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । 
श्रद्धाञ्जली कार्यक्रममा बोल्ने बक्ताहरुले दिवङगत ओस्तराज पाण्डेले अर्घाखाँची जिल्लाको पूर्बी क्षेत्रमा कम्युनिस्ट पार्टी निर्माणमा अतुलनीय योगदान पुर्याउनु भएको राजनीतिक तथा सामाजिक ब्याक्तित्व हुनुहुन्थ्यो भन्दै उहाँको निधनले पार्टीले एक असल अभिभावक गुमाउदा पार्टीमा ठुलो क्षति पुगेको उल्लेख गर्दै दिवगत पाण्डे प्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा ५ नम्बर प्रदेश संगठन कमिटी सचिवालय सदस्य तथा जिल्ला कमिटी सचीव ठाकुर कुमार बि.क., ५ नम्बर प्रदेश संगठन कमिटी सदस्यहरु छमकुमारी खनाल र धर्म भुसाल, पार्टी जिल्ला नेताहरू प्रकाश् ज्ञवाली,धुर्ब कुमार पाण्डे,भबिस्वर पाण्डे,माधब पन्थी,रामलाल पराजुली,शिव अधिकारी,राम्जी पाण्डे,नवराज रायमाझी लगाएतका सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु