ठूलापोखराको धरमपानीमा तरूण दलद्धारा विपन्न परिवारलाई राहत सहयोग

अर्घाखाँचीडट्कम संवाददाता
ठूलापोखरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ६ (साविक ठूलापोखरा गा.वि.स. वडा नं. ३) धरमपानीमा नेपाल तरूण दल ठूलापोखराले विपन्न परिवारलाई राहत सहयोग गरेको छ । 
ठूलापोखराको धरमपानीका चोपबहादुर अधिकारी र तुलसा अधिकारीको दम्पतीका लागी नेपाल तरूण दल छत्रदेव गाउँपालिका वडा नं. ६ ठूलापोखराका नेपाल तरूण दलमा आबद्ध युवाहरूको तर्फबाट राहत स्वरूप खाद्यान्न वितरण भएको हो ।
ले उतक परिवारलाई चामल दाल नुन चिनी आलु प्याज तेल साबुन लगायत गरी ७, ८ हजार रुपैयाको   राहत स्वरूप खाद्यान्न वितरण भएको छ ।

अन्य समाचारहरु