अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका सबै क्वारेन्टाईनमा खाली भएका छन् ।
आईतबार ६ जना डिस्चार्ज भएसँगै यहाँका सबै क्वारेन्टाईनमा खाली भएका हुन् ।
साथै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका पनि कोरोना मुक्त भएको छ । यहाँ संक्रमितको संख्या सुन्य छ । यसअघि सन्धिखर्क र पाणिनी गाउँपालिका संक्रमितको संख्या सुन्य थियो ।
छत्रदेव गाउँपालिकाका क्वारेन्टाईनमा अहिले १२ जना मात्र रहेका छन् ।
यस्तै अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय २६ पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६६, भूमिकास्थान नगरपालिकामा १०७, मालारानीमा ६८, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हाल सम्म ३२५ जना संक्रमित रहेका छन् ।
यस्तै अर्घाखाँचीमा आईतबारसम्म ३२१ जनाले कोरोना जितेर घर फर्केका छन् । भने २ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६४, भूमिकास्थान नगरपालिकामा १०५, मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि हाल सम्म ३२१ जनाले कोरोनालाई जितेका हुन् ।
यसैविच अर्घाखाँचीमा आईतबारसम्म १ सय ९१ जना बिभिन्न क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १ सय ९१ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा छ जना डिस्चार्ज भएका छन् ।
यस्तै आईतबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ० जना बिभिन्न क्वारेन्टाईनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टाईन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।