कांग्रेसद्वारा छत्रदेव गाउँपालिका – ७ वार्ड कार्यालयमा अनिश्चितकालीन तालाबन्दी
श्रावण ११ गते, २०७७ मा प्रकाशित
दीपक भुसाल
भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड न ७ भगवतीमा नेपाली कांग्रेस वार्ड कमिटीले वार्ड कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
छत्रदेव गाउँपालिका वार्ड न ७ भगवती कार्यालयले आफुखुशी पैसा बाढेको भन्दै नेपाली कांग्रेस वार्ड कमिटीले आईतवार वार्ड कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
गाउँपालिकाबाट वार्ड न ७ लाई रू ६ लाख ४० हजार रुपैया विनाेयजन भएको खासगरी खेति किसानी गर्ने कृषक जाे वैदेशिक राेजगारीबाट घर फर्केका र पुन वैदेशिक राेजगारिमा जान नपाएका, परिवारमा कुनै वैदेशिक राेजगारिमा नगएका, काेराेनाकाे चपेटामा परि आर्थिक स्रोत कमजोर भएका भनी विभिन्न शिर्षकमा छुट्टिएकाे थियाे।
साे रकम खासमा जाे पिडित छ, उसलाई वितरण नगरि आफ्ना पार्टीका कार्यकर्ता सरकारी कर्मचारी सङ्गठनका व्यक्ती नातेदार लगायतलाई वितरण गरेकाले र यस्तो अबस्थामा नि राजनिती गरेकाे र जाे पिडित छ उनिहरुले नै साे रकम पाउनु पर्ने माग सहित कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेकाे नेपाली कांग्रेस छत्रदेव वार्ड कमिटीले अर्घाखाँचीडट्कमलाई जनाएको छ।