अराज बेल्बासे
ठाडा,अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका – ४ ठाडाको भेडामाराको बाणगंगा आधारभुत बिद्यालयमा कमजोर ब्यवस्थापन र पठन पाठन गुणस्तर नभएको भन्दै अभिभावकहरुले आक्रोसित भएर बिद्यालय घेराउ गरेका छन ।
बिद्यालयका प्रध्यानध्यापक र अध्यक्षको मनमुटावको कारण बिद्यालयको पठनपाठन तथा अन्य कृयाकलाप समेत प्रभाबित भएको भन्दै आज अभिभावक हरुले बिद्यालय घेराउ गर्दै यो कार्य समितिले गरेका निर्णय बारे प्रध्यानाध्यापक टेकराज अधिकारी सँग जानकारी मागे पनि प्रध्यानध्यापक अधिकारीले जानकारी दिन अटेर गरेको तथा माइनट बुकनै गायब पारेको भन्दै अभिभावकहरु आक्रोशित भएका छन ।
बिद्यालयको हिसाब किताब पार्दशी नभएको पठन पाठन ब्यवस्थित नभएको भन्दै आज बिद्यालयमा अभिभावकहरुले घेराउ गर्दै बिद्यालयले गरेका निर्णय हरुको माग गरे पनि प्रध्यानाध्यापकले निदने जे गर्न सक्छौ गर भन्दै धम्कि पुर्ण भाषा बोल्दै अवद्र ब्यवहार गरेको स्थानीय वाइ पि आचार्यले गुनासो गर्नु भयो ।
आगामी आइतबार सम्म समय दिएर हिसाब किताब तथा ब्यवस्थापन समितिको निर्णय नदिए थप सघंस्रमा उत्रने स्थानिय तुल्सी पौडेलले बताउनु भयो बिगतको तुलनामा पठन पाठन निकै खस्केको प्रध्याना ध्यापकले अरुको कुरा नसुन्ने मनोमानि गर्ने प्रवृतिले बिद्यालय नै तहसनहस हुने डर भएकोले सघ्रसमा उत्रनु पेको तुल्सि पौडेलले बताउनु भयो ।
बिदाइ बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष हुम बहादुर बिकले बिद्यालयको शौक्षिक सुधारमा कुनै काम गर्न नसकेको अभिभावकहरुले बताएका छन । बिद्यालयमा लामो समय देखिनै बिबाद रहेको शितगंगा नगरपालिकाका शिक्षा शाखा अधिकृत नगेन्द्र नेपालले बताउनु भयो ।
अध्यक्षर प्रध्यानाध्यापकको बिबादले पठनपाठनमा समस्या रहेको पाइएको नेपालले बताउनु भयो । नगरपालिका प्रमुख तथा वडा अध्यक्षको उपस्थितमा बिबाद समाधानको प्रयास भइरहेको नेपालले बताउनु भयो । अध्यक्षको राजिनामा आएकोले स्वकृत गरेर कार्यवाहक ब्यवस्थापन समिति गठन गरेर काम सञ्चालन गर्न सकिने शिक्षा शाखा प्रमुख नेपालले बताउनु भयो ।लकडाउनको कारण देखाउदै नगरपालिकाले पुस मसान्त सम्म समय सकिए पनि बिद्यालय ब्यवस्थापन समिति अथावत रहने निर्णय गरेको छ ।
बाणगंगा आधारभुत बिद्यालयका प्रध्यानाध्यापले गुणस्तरिय पठनपाठनमा कुनै चासो नदिएको बिद्यार्थी को पठन पाठन झनझन खस्कदै गए पनि कुनै भुमिका निर्वाह नगरेको अबिभावको गुनासो छ । प्रध्यानाध्यापकले हरेक निर्णय आफुखुशि गर्ने तथा बिद्यालय ब्यवस्थापन समितिको बैठक बसाल्नै नखोज्ने गर्दा बिद्यालयको अवस्था दिनप्रतिदिन कमजोर भएको भन्दै स्थानिय युवाहरु जागरुप भएका छन उनी हरुले बिद्यादयको गुणस्तर सुधारको लागि आफुहरु प्रतिबद्ध रहेको भन्दै खबरदारी गरिरहेका छन ।
यस्तै वडा अध्यक्ष दामोदर अधिकारीले ब्यवस्थापन समितिले काम गर्न नसकेको भन्दै युवाहरुले बिरोध गरेको बताउनु भयो ।युवाहरुको माग जायज समेत भएकोले छानबिन सुरु भएको वडा अध्यक्ष अधिकारी बताउनु भयो । अहिले रहेको बिद्यालय ब्यवस्थापन समितिको समय पुस मसान्त सम्म कायम गरिएकोले पनि काम समेत राम्रो नभएकोले त्यस प्रति वडा समेत सकारात्मक रहेकोले युवाहरुको माग सकारात्मक रहेकोले त्यस प्रति ध्यानाकर्षण भएको वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।