मालारानी गाउँपालिका भित्र हावाबाट बिद्युत उत्पादन गर्न सकिने सम्भावना

नबिन के.सी
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिकाले बैकल्पीक उर्जा उत्पादनको लागी सम्भाव्यता अध्यायनको काम सुरुवात गरेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । मालारानी गाउँपालिका भित्र हाबा बाट बिद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको बताउनु भयो ।
मालारानी ९ को सिमे देउराली , मालारानी ६ को लोहरी लेक , मालारानी ३ को घेरको लेक , मालारानी ४ को जालकाडाँलगाएतका स्थानहरुमा सम्भावना भएको बताउनु भयो । प्रभाकारी उर्जा तयारी तथा योजना कार्यन्वयनका लागी स्थानीय सरकारको भुमिका बिषयक कार्यशाला गोष्ठीमा बोल्दै आचार्यले उक्त कुरा बताउनु भएको हो । पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले बैक्लपिक उर्जाको क्षेत्रमा मालारानी गाउँपालिकाले पूर्ण सररफाई अभियान संगै सुधारीएको चुलो निर्माण अभियानलाई तिब्रता दिएको बताउनु भयो ।
मालारानी गाउँपालिकाले बिग्रेट बनाउने कार्यको सुरुवात गरि पालिका बासीलाई आव्यसक साम्रागीहरु ह्स्तान्तरण गरेपनि अपेक्षा गरे अनुशारको प्रतिफल नआएको बताउनु भयो । गाउँपालिका भित्र बैकल्पीक उर्जाको तयारी र योजनाबानउन मालारानी गाउँपालिका तयार रहेको निमिक्त प्रमुख प्रशासकिय अधिकृत पशुपती चुदालीले प्रतिबद्धता जनाउनु भयो ।
प्रभाकारी उर्जा तयारी तथा योजना कार्यन्वयनका लागी स्थानीय सरकारको भुमिका बिषयमा सहर्जकता कुशल भुसालले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम पालिका अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता र एक्सन नेपालका कोडिनेटर अम्बिका श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।