कोपिला आचार्य
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको बर्षातको समयमा मालारानी गाउँपालिका भित्र ट्याक्टर सञ्चालनमा रोक लगाएको छ ।
बर्षातसंगै टयाक्ट्र सञ्चालन गर्दा ग्रामिण सड्क सञ्चालनमा समस्या भए पछि अर्को सूचना जारी नभए सम्म पालिका भित्रका सड्कहरुमा ट्याक्टर सञ्चालन गर्न रोक लगाईएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
मालारानी गाउँपलिकाको आतेका साखु बिजय घाट देखी बरम्कोट ,लुटिपोखरी सड्कमा बर्षातको समयमा ट्याक्टर सञ्चालनमा पूर्णरुपमा रोक लगाएको छ ।
पालिका भित्र अन्य सड्कहरुमा अति आव्यसक काम परेमा सम्बन्धीत वडाबाट सिफारिस लिएर मात्र सञ्चालन गर्न पाईने पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।