सिद्धाराको लामिदमार स्वास्थ्य केन्द्रको भवन उद्घाटन, वार्डबाट थप सेवा प्रदान

अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ९ सिद्धारामा निर्माण भएको लामिदमार स्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्नुका साथै वार्डबाट थप सेवा प्रदान गरिएको छ ।
नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन गर्दै वडा अध्यक्ष भिम बहादुर केसीले भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने आवश्यक सेवाका लागि पहल गर्ने बताउनु भयो । प्रमुख अतिथिको रुपमा उद्‌घाटन कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष केसीले सो कुरा बताउनु भएको हो । विगत वर्षदेखि अस्थायी भवनबाट सञ्चालन हुँदै आएको स्वास्थ्य केन्द्र अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि आधारभूत स्वास्थ्य सेवा थप गर्न आफुले सक्दो पहल गर्ने अध्यक्ष केसीले बताउनु भएको छ ।
स्वास्थ्य केन्द्रको स्तरोन्नतीको लागि आफ्नो तर्फबाट पहल हुने बताउँदै उहाँले उक्त केन्द्रका स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा कुनै कमी नगर्न समेत अनुरोध गर्नु भयो । यस क्षेत्रमा स्वास्थ्य अतिरिक्त खानेपानी, विद्युत, सडक लगाएतका हरेक समस्याहरू रहेकोले क्रमश हल गरिने समेत उहाँको भनाई थियो ।
स्थानीय मानसिहं पुनले गतवर्ष दुई रोपनी जग्गा भवन निर्माणका लागि उपलब्ध गराएपछि भवन बनेको हो ।
भवन अभावमा तोकेका सेवा दिन नागरिकलाई समस्या परेको बताउँदै अब पूर्वाधार पर्याप्त भएपछि सजिलोसँग सेवा दिन पाइने स्वास्थ्य केन्द्र ईन्चार्ज बिना भट्टराईले बताउनु भयो ।
५ नं. प्रदेश सरकारको ४२ लाखको लागतमा ४ कोठाको भवन निर्माण भएको हो । भवन अभावमा स्वास्थ्य सेवा तथा परामर्श दिन असहज भएको मा अब त्यो समस्या टरेको छ्। जनशक्ति थप भएमा थप स्वास्थ्य सेवा सञ्चालन गर्न सकिनेछ । यस केन्द्रमा हाल एक अनमी र एक कार्यालय सहयोगी छन् ।
सोही अवसरमा वडा अध्यक्ष भिम केसीले जग्गा दाता मनसिहं पुन लाई सम्मान गर्नु भयो । त्यस्तै सिलिङखोला टोललाई स्टेचर हस्तान्तरण गर्नु भएको थियो ।
वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा संचालन गरिएको थियो । वडा अध्यक्ष केसी सहितको टोलीले किसानका बाख्राको खोर, केरा खेतीको अनुगमन, कृषि प्राविधिक मार्फत सुझाव तथा परामर्श प्रदान गरिनुका साथै टोलटोलमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा सचिव हेमन्त कुमार भट्टराईले रातोप्रेस डटकमलाई जानकारी गराउनु भयो ।
लामिदमार स्वास्थ्य केन्द्रको इन्चार्ज विना भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नं. ८ का वडा सचिव हिमलाल भुसाल, नेकपा वडा नं. ९ कमिटीका ईन्चार्ज गोपाल विष्ट, नेकपा वडा कमिटी अध्यक्ष पदम केसी, बाल आ.वि.का अध्यक्ष गणेश डांगी, पशुपति आ.वि. का अध्यक्ष टिकाराम सुनार, तुल्सी आ.वि. का अध्यक्ष देविराम राना, जनता आविका प्रअ पूर्ण बहादुर केसी लगाएतको उपस्थिती रहेको थियो ।
वडा सदस्य खुमबहादुर लुईचेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हेमन्त कुमार भट्टराईले गर्नु भयो ।

अन्य समाचारहरु