बल्कोट सम्पर्क समाज युएईद्वारा क्यान्सरबाट मृत्‍यु भएका परिवारलाई आर्थिक सहयोग (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
बल्कोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर ३ बल्कोटका क्यान्सरबाट मृत्‍यु भएका परिवारलाई बल्कोट सम्पर्क समाज युएईले आर्थिक सहयोग गरेको छ ।
बल्कोटका क्यान्सरबाट मृत्‍यु भएका गोकर्ण नेपालीको परिवारलाई बल्कोट सम्पर्क समाज युएईले ३३ हजार ३ सय ३३ रुपैया आर्थिक सहयोग गरेको हो । 
सहयोग रकम हस्तान्तरण कार्यक्रममा छत्रदेब ३ का वडाअध्यक्ष तेजप्रसाद खनाल, २ का वडाअध्यक्ष राजेस कुमार पन्थी, नेकपा छत्रदेबका सचिब धुर्ब पाण्डे, वडासदस्य सुमित्रा पन्थी, तुल्सी बेल्बासे रामहरी पन्थी संस्थाका सदस्य हरि कुमाल लगायत समाजसेबीहरुको उपस्तिथि रहेको थियो । 
उक्त रकम हस्तान्तरण गरिएको कार्यक्रमको सहजीकरण समाजसेवी दामोदर पाण्डेले गर्नु भएको थियो ।  

अन्य समाचारहरु