अर्घाखाँची डट्कम संवाददाता
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेपाली काङ्ग्रेसको नेतृत्व सम्हालने जिम्मेवारी आफूसँग भएको उल्लेख गर्नुभएको छ।
अर्घाखाँची डट्कमका सम्पादकसँग भएको कुराकानीमा उहाले आफूसंग नेपाली काङ्ग्रेसको रक्षा गर्ने जिम्मेवारी आएको र त्यसको लागि पछि नहटने जानकारी दिनुभयो। उहाँले नेपालको लागि निस्वार्थ प्रजातन्त्रको लागि लडने श्रद्वय विपि, गणेशमान, कृण्ण प्रसादको लाईनमा पार्टी पद्धति नगई अन्यत्र जानू पार्टीको लागि घातक भएको पनि जानकारी दिनुभयो।
उहाँले हिजो आफ्नो बुवा गणेशमान सिंह पनि आम नागरिकको स्वतन्त्रताको लागि निस्वार्थ लडेको र आम नागरिकको स्वतन्त्रता को रक्षा गर्ने आट आफूसंग भएको र त्यसको नेतृत्व नेपाली काङ्ग्रेस मात्र गर्न सक्ने र त्यसको लागि नेतृत्व गर्ने क्षमता मसंग मात्र छ भन्ने जानकारी दिनुभयो।
उहाँले काङ्ग्रेस सभापति शेर बहादुर देउवाले दिएको चुनौती प्रजातन्त्र रक्षाको लागि सत्य रहेको र त्यसको लागि आफू नेतृत्व लिन सक्षम भएको कुरा उल्लेख गर्नुभयो।