भुमिकास्थान नगरपालिकाका विभिन्न ठाउँहरुमा बँदेलको आतंक, स्थानिय कृषकहरु चिन्तित

दिपेन्द्र पौडेल/  अर्घाखाँचीडट्कम संवाददाता 
लम्ची, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका विभिन्न ठाउँहरुमा बँदेलले  आतंक मच्चाएको छ । 
प्राय रातको समयमा सक्रिय हुने बँदेलहरूको समूहले मकैबालीमा ठूलो क्षति पुराएको छ ।  मकैको बोट जरैदेखि जोतेर लथालिंग बनाउनुको साथै बारीको बिचबिचमा खाल्डाहरु बनाएर हिँड्न नसक्ने जस्तो बनाएको छ । 
स्थानीय बासिन्दाहरु बदल आतंकबाट पीडित छन् । एउटा हिंस्रक जंगली जनावर भएको कारणले सहज रुपमा लखेट्न  सक्ने कुनै उपाय देखिँदैन समयमै यसको नियन्त्रण गर्न सकेन हो ।  भने मकै खेती पूर्णरूपमा नष्ट बनाउने सक्ने स्थानिय कृषकहरुले बताउनुभएको छ । 
भुमिकास्थान अन्तर्गत लम्ची निउरिडाँडा लगायतका ठाउँ  दिनमा बाँदरको आतंक रातमा बँदेलको आतंकबाट स्थानीयबासिन्दाहरु पिडित बनेका छन् ।