हरि कुँवर
बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न. ५ साविक बाँगीका गरिब परिवारका विद्यार्थीलाई नेनाज फाउन्डेसन नेपाल संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।
फाउन्डेसनले मालारानी गाउँपालिकामा विद्यार्थीहरुलाई छात्रवृत्ति आर्थिक सहित किताब, कापी, कलम, झोला उपलब्ध गराउँदै आएको छ । सन् २०१५ मा स्थापित फाउन्डेसनले समाजिक कार्य गर्दै शिक्षाबीच गठिलो सम्बन्ध कायम राख्दै आएको छ ।
गरिब परिवारमा जन्मेका विद्यार्थीहरुको शैक्षिक शुल्क बुझाउन नसक्दा अध्ययन नरोकियोस् भनेर सात जना विद्यार्थी लाई नगद दस हजारका दरले हस्तान्तरण गरेको हो । विद्यार्थी अर्जुन कुवर , बिकास भुसाल, रोमा भुसाल ,बिश्व थापा ,अरुण बि क ,सुसाङक थापा र कमला वि क विद्यार्थी लाई नगद दस हजारका दरले कापी कलम झोला हस्तान्तरण गरेको छ । गरिबको कारण शिक्षाबाट बन्चित नहोस् त्यसैले शिक्षाका लागि सहकार्य गर्दै आएको नेनाज फाउन्डेसन संस्थापक नारायण पन्थीले बताएका छन ।
मालारानी गाउँपालिका पाँचका वडाअध्यक्ष शोभाखर भुसाल लगायतका व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो ।