वाङ्लाको हटिया बजारमा बिकास निर्माण सम्बन्धी सार्वजनिक भेला तथा छलफल अन्तरर्क्रिया सम्पन्न

सुर्य भुसाल अर्घाखाँची डट्कम संवाददाता 
वाङ्ला, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको हटिया बजारमा बिकास निर्माण सम्बन्धी सार्वजनिक भेला तथा छलफल अन्तरर्क्रिया सम्पन्न भएको छ ।   
वाङ्लामा वार्डले आर्थिक बर्ष २०७६/२०७७ मा गरेका बिकास निर्माणका कामहरु साथै आगामी दिनमा गर्नु पर्ने कामका बारेमा सार्वजनिक भेला तथा छलफल अन्तरर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
 जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल नगरउपप्रमुख ठाकुर कुमार बिक राजनीति दलका नेताहरु नेपाली काङ्ग्रेसका नगरसभापति बिनोद आचार्य, नेकपाका नगर सचिब शिब अधिकारी लगायतका राजनीति दलका नेताहरु स्थानिय बुद्धिजीवी शिक्षा प्रेमि वार्ड भित्र रहेका बिभिन्न उपभोक्ता समितिका अध्यक्ष पदाधिकारीहरु स्थानियबासीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । 
आज भएको कार्यक्रममा बार्षिक प्रगतिका बारेमा वार्ड अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले वार्ड भित्रका बिकास निर्माणका बारेमा उपस्थित सबैलाई जानकारी गराउनु भएको नगरसभा सदस्य युवा नेता उमेश शर्माले जानकारी दिनु भयो ।

अन्य समाचारहरु