चुत्राबेसीमा त्रिवेणी वचत तथा ऋण सहकारीको वार्षिक समिक्षा – योजना तर्जुमा विस्तारित बैठक सम्पन्न

अर्घाखाँची डट्कम संवाददाता 
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीमा त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक समिक्षा तथा योजना तर्जुमा सम्वन्धि विस्तारित बैठक सम्पन्न भएको छ ।
संस्थाले संचालक समिति, लेखा समिति सहित सबै उपसमिति सदस्यहरूको उपस्थितिको संयुक्त वैठकबाट आर्थिक वर्ष २०७६-७७ को समिक्षा सहित आर्थिक वर्ष २०७७-७८ को योजना सम्वन्धि विषयमा छलफल गरेको हो ।
मिनी साधारण सभाको रूपमा लिइएको वैठकमा लेखा समिति संयोजक शिव वेल्वासेले संस्थाको आम्दानी खर्च सहितको प्रतिवेदन, व्यवस्थापक तुल्सीराम खनालले संस्थागत जानकारी सहित विभिन्न कोषहरूको विस्तृतिकरण, सचिव कमल प्रसाद घिमिरेले भावि कार्ययोजना सहितको प्रतिवेदन, कोषाध्यक्ष मोहनराज भूसालले अनुमानित वार्षिक वजेट प्रतिवेदन र अध्यक्ष उत्तममणी मिश्रले बैठक एजेण्डाका विषयवस्तु माथि उठेका प्रश्नहरूको टिप्पणी मुलक उत्तर सहितको मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम उत्तममणी मिश्रको अध्यक्षता,उपाध्यक्ष यमकला बन्जाडेको स्वागत र कमल प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु