भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना भाइरस संक्रमित भएका छन् ।
उनले ट्वीट गर्दै आफु संक्रमित भएको पुष्टि गरेका छन् ।
अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाे उल्लेख गर्दै उनले चिकित्सकको सल्लाहमा अस्पताल भर्ना हुने तयारी गरेकाे उल्लेख गरेका छन् ।
उनले आफुसँग सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर परीक्षण गर्न आग्रह गरेका छन् ।
ट्वीट गर्दै उनले कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको उल्लेख गरेका छन् । एजेन्सी