डिभर्नाको जोगिमारेमा वर्षाका कारण घर भत्किदा एक परिवार विस्तापित हुने अवस्था, उपप्रमुख बिकद्वारा निरिक्षण (फोटो फिचर)

प्रेम खड्का 
जोगिमारे, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाको जोगिमारेमा लगातार वर्षाका कारण घर भत्किदा एक परिवार विस्तापित हुने अवस्था आएको छ । 
डिभर्नाको जोगिमारेका बालकृष्ण आचार्यको घर गत साउन ११ गते लगातार वर्षाका कारण भत्किदा विस्तापित हुने अवस्था आएको हो ।
उता विस्तापित हुने अवस्था पुगेका आचार्यको घरमा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले आईतबार निरिक्षण गर्नुभएको छ । 
बिकले आचार्यको भत्किएको घर निरिक्षण गर्ने क्रममा नगरबाट सक्दो सहयोगको पहल गरिने बताउनुभयो । 
उपप्रमुख बिक नगरपालिका भित्र कोरोना, लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गर्दै, उद्दार गर्दै रातदिन खटिनुभएको छ । भने गरीब बिपन्न परिवारको घर – घरमा पुगेर पिरमर्का बुझ्ने, सहयोग गर्दै आउनुभएको छ । 
साथै जोगिमारेका बालकृष्ण आचार्यको घर भत्किदा लाखौं बराबर क्षती भएको बताइएको छ ।

अन्य समाचारहरु