छत्रदेवमा कांग्रेस vs नेकपा: ठुलापोखराको वार्ड कार्यालय नै बन्द गर्ने नेकपाको चेतावनी

अर्घाखाँचीडट्कम संवाददाता
ठुलापोखरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ६ ठुलापोखरामा व्यवसायिक तरकारी खेती प्रबर्द्धन कार्यक्रम तथा व्यवसाय उन्मुख कृषक कार्यक्रमको विषयमा वार्ड कार्यालयले मनोमानी ढंगले नाम प्रकाशित गरेको भन्दै वार्ड कार्यालय नै बन्द गर्ने चेतावनी नेकपा छत्रदेब गाउँ कमिटीले दिएको छ ।  
छत्रदेव गाउँपालिका वार्ड नं. ६ ठुलापोखरामा कोभिड लक्षित व्यवसायिक तरकारी खेती प्रबर्द्धन कार्यक्रम तथा विदेशबाट फर्किएका र व्यवसाय उन्मुख कृषक कार्यक्रमको विषयमा वार्ड कार्यालयले मनोमानी ढंगले नाम प्रकाशित गरेको भन्दै वार्ड कार्यालय नै बन्द गर्ने चेतावनी नेकपा छत्रदेब गाउँ कमिटीले दिएको हो ।  
यस्तै सबै किसान समक्ष सूचना नपुराई केही ब्यक्तिको मात्र निवेदन लिएर प्रक्रिया मिलाएर अनुदानदिन खोजेको बिषयलाई लिएर आज मंगलवार नेकपा छत्रदेब गाउँ कमिटी छत्रदेब- ६ का अध्यक्ष गुणानिधि बन्जाडे र सचीव टन्क पन्थीको नेतृत्वमा वार्ड  कार्यालयमा वाडअध्यक्ष कमल पौडेल समक्ष लिस्ट सचाउन र सहि हातमा अनुदान पुयाउन अनुरोध गर्दै चेतावनी सहित ज्ञापन पत्र बुझाएको छ ।

अन्य समाचारहरु