अब हंसपुरको लोहरीको लेकमा चिया बगान, ३५ सय बिरुवा रोपियो

नबिन के.सी 
हंसपुर, अर्घाखाँची ।  जिल्लाको मालारानी गाउँपालिकाले पालिकाको वार्ड नं ६ हंसपुरमा रहेको पर्यटकिय क्षेत्र लोहरीको लेकमा चिया बगान बनाउने भएको छ । हिजो ३५ सय बिरुवा रोपेर अभियानको सुरुवात गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
मालारानी गाउँपालिकालाई चियामा आत्म निर्भर बनाउने गरि उक्त अभियान सुरुवात गरिएको पालिका अध्यक्ष आचार्यले बताउनु भयो । मालारानी गाउँपालिकाले बन क्षेत्रमा जडिबुटि लगाउने अभियान समेत सञ्चालन गरेको छ । गत बर्ष टिमुर र तेजपत्ता रोपण गरिएको थियो ।
पर्यटकिय क्षेत्र लोहरीको लेकमा चिया बगान बन्ने भए पछि आन्तरिक तथा बाहय पर्यटकहरुको आर्कषणको केन्द्र बिन्दु भन्ने बिश्वास लिएको मालारानी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नारायणप्रसाद अर्यालले बताउनु भयो ।