शितगंगा नगरपालिकाले ठाडाको ज्याेती भबिश्वर बहुमुखी क्याम्पस निर्माणमा चासाे नदिएको गुनासो


अराज बेल्बासे
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाकाे ज्याेती भबिश्वर बहुमुखी क्याम्पसकाे ६० लाखकाे बजेट फ्रिज भएपछि आगामी दिनमा क्याम्पस काे भवन निर्माणकाे लागि पहल तथा दवाव दिन बिहीवार क्याम्पस ब्यवस्थापन समितिले नगरपालिकासंग छलफल गरेका छन् । 
 
शितगंगा नगरपालिकामा रहेकाे एक मात्र बहुमुखी  क्याम्पसकाे भवन बन्ने रकम फ्रिज भएकाे अबस्थामा अागामि बर्ष बजेट ब्यव्थापन गर्न दवाव स्वरुप नगरपालिकामा डेलिगेनकाे लागि नगरपालिकामा गएकाे क्याम्पसका ब्यवस्थापन  समिति अध्यक्ष कुमार केशब बेल्बासेले बताउनु भएकाे छ ।
कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष काशी आचार्यले लामाे समय सम्म बजेटकाे बेवास्ता गर्दा तथा समिति संग कुनै सल्लाह नगरपालिकाले नगर्दा बजेट फ्रिज भएकाे भन्दै दुख ब्यत गर्नु भयाे । नगरपालिकाले असारमा गरेका सम्झाैता सकिदा मङ्सिरमा अाएकाे बजेटकाे काम नसकिदा काेराेनाकाे कारण देखाएर मेयर उपमेयर तर्कन खाजेकाे बताउदै नगरपालिकाकाे क्याम्पस बनाउन तर्फ मेयरले चासाे नदिएकाे भन्दै उपाध्यक्ष आचार्यले आक्राेस पाेख्नु भयाे ।
 यस्तै कार्यक्रम मा बाेल्दै ज्याेती माबिका प्राचार्य शंकर अर्यालले नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्ने तर्फ खाशै चासाे दिन नसकेकाे बताउनु भयाे । क्याम्पस नभएकाे भए नगरपालिकानै बन्ने थिएन नगरपालिका बन्नकाे लागि क्याम्पस भएर मात्र बनेकाे जनप्रतिनिधी हरुले भुल्न नहुने बताउनु भयाे । शिक्षा क्षेत्रमा बजेट हाल्न नखाेज्ने तर शिक्षा शाखामा कर्मचारी हुँदा पनि बार्षिक ११ लाख बिनिकाे नाममा खर्च गर्नु दुखद  भएकाे बताउदै त्यहि रकम क्याम्पसमा लगाए क्याम्पस सञ्चालनमा सजिलाे हुने सुझाव दिनु भयाे ।
यस्तै कार्यक्रममा बाेल्दै नगरप्रमुख शुर्य प्रसाद अधिकारीले नगरपालिका भवन निर्माणमा आफु लागि पर्ने बिश्वास दिलाउनु भयाे ।काटिएकाे रकम ल्याउन पहल गर्न आफु तयार भएकाे बताउदै प्रदेशमा प्रस्ताव राख्न जान तयार भएकाे बताउनु भयाे ।नगरपालिकाले समेत बजेट ब्यवस्थापनमा चासाे ब्यक्त गरेकाेले कार्यपालिका बैठकमा प्रस्ताव लान तयार भएकाे नगर प्रमुख अधिकारीले बताउनु भयाे । 
कार्यक्रममासहभागिहरुले  नगरपालिकाले विभिन्न क्षेत्रमा गरेका कमिकमजाेरी हरुका बारेमा समेत बताउदै अन्य स्थानिय तहकाे तुलनामा काम हुन नसकेकाे गुनासाे गरेका थिए । साथै केही दिन अगाडि प्रमुख प्रशासकिय अधिकृतकाे सरुवाकाे चलखेलमा नगर प्रमुख तथा  उपप्रमुख लागेकाे हल्लाले यस्ता खालकाे प्रवृतिहरु नगरमा धेरै भएकाे पनि बिकासमा असर गर्ने र ३ बर्षमा ७ प्रमुख प्रसासकिय अधिकृत परिवर्तन हुनुले समेत राम्राे सन्देश दिन नसकेकाे बताएका थिए । प्रमुख प्रशाशकीय अधिकृतले नीति भन्दा बाहिर काम गर्न दवाव दिने आफुले भने अनुसार नभए पछि सरुवाकाे चलखेलमा लाग्ने गर्दा जनप्रतिनिधीकै कारण नगरपालिका बिकासमा असर परेकाे भन्दै सहभागि हरुले काम गर्ने वातावरण शिर्जना गर्नु पर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा विभिन्न राजनिति दलका प्रतिनिधी,शिक्षक,विभिन्न संघ सस्थाका प्रतिनिधि,स्थानिय युवा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

अन्य समाचारहरु