सुर्य भुसाल
खनदह, अर्घाखाँची । भुजेल समाजका पुर्व केन्द्रीय उपाध्यक्ष बिस्णु घर्तिले आदिबासी जनजाती भुजेल तथा अन्य समुदायको अधिकारका लागि सबै सचेत हुनु पर्ने र अधिकार सुनिश्चितताका लागि सबै ऐकजुट भएर अगाडि बढनु पर्ने बताउनु भएको छ ।
२६ औ बिश्व आदिबासी तथा जनजाती दिबसको अबसरमा मालारानीमा आयोजित शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बिस्णु घर्तीले सबै खाले जातजातिले आफ्नो अधिकार प्राप्त गर्नु नैसर्गिक अधिकार भएको बताउदै आफुहरुको परम्परागत सस्कारलाई कहिले भुल्न नहुने बताउदै सबै गोलबन्द भएर लागे मात्रै अधिकार प्राप्त हुने बताउनु भयो ।
मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहमा भएको कार्यक्रममा बोल्दै धुर्कोट गाउँपालिकाका भुजेल समाजका प्रतिनिधि चुरामणि घर्तिले अधिकार प्राप्तिका लागि समाजका सबै सदस्यहरु गोलबद्द भएर अगाडि बढनु पर्ने बताउनु भयो ।
भोजबहादुर घर्ति जिसीको सन्चालन यम बहादुर घर्ति जिसिको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित भएका जनजातिहरुको भेलाले हरि बहादुर घर्तिको अध्यक्ष तामा मालारानी वार्ड नम्बर ३ गठन गरेको छ । जसको उपाध्यक्षमा भिम बहादुर थापा मगर सचिवमा यम बहादुर घर्ति कोषाध्यक्षमा रेखा घर्ति सदस्यहरुमा अनिता मगर मान बहादुर घर्ति तारा पुन शान्ता थापा मगर भोजबहादुर घर्ति प्रेम घर्ति मगरलाई समितिमा चयन गर्दै छिटोभन्दा छिटो मालारानीमा पालिका स्तरिय समिति गठन गर्ने निर्णय गरेको छ ।