धनचौरको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भोजनलाई पितृशोक

शोभाखर पन्थी 
 धनचौर, अर्घाखाँची साउन-२६  । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरको  सरस्वती आधारभूत विद्यालय धनचौरका प्रधानाध्यापक भोजन गुरुङलाई पितृशोक परेको छ । उहाँका ८४ बर्षिय पिता चेतबहादुर गुरुङको आज आफ्नै निवास भुमिकास्थान नगरपालिका वडा नं. १० धनचौरमा निधन भएको हो । 
एक्कासी  हृदयघातका कारण बिरामी पर्नुभएका उहाँको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दागर्दै निधन भएको पारिवारिक स्रोतको जनाएको  छ । 
बि.सं.१९९३ सालमा जन्मनु भएका गुरुङ स्थानीय समाजसेवी हुनुहुन्थ्यो । स्वर्गीय गुरुङले  शैक्षिक तथा राजनितीक क्षेत्रमा ठुलो योगदान पुर्याउनु भएको स्थानीय बासिन्दाको भनाइ  छ । 
स्वर्गीय गुरुङ प्रति श्रद्धाञ्जली अर्पण गर्दै आजै सन्धिखर्क स्थित गच्छेघाटमा अन्त्यष्टि गरिएको छ ।
 उहाँको पार्थिव शरिरमा नेपाल कम्युनिस्ट पार्टीको झण्डा ओडाएर नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पार्टीले एक असल अभिभावक र समुदायले उत्साहि तथा बिकास प्रेमि समाजिक अगुवा गुमाएको बताउनुभयो । नेता खड्काले स्वर्गीय गुरुङले पुर्याउनु भएको योगदान सदैव स्मरणीय रहने भन्दै उहाँका अधुरा सपना साकार पार्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
अन्त्यष्टि कार्यक्रममा प्रदेशसभाका सदस्य रामजी प्रसाद घिमिरे ,नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश कमिटीका सचिवालय सदस्य तथा जिल्ला  सचिव ठाकुर कुमार बि.क.किशोर ,प्रदेश सदस्य छमकुमारी खनाल चिनारी , जिल्ला कार्यालय सदस्य पिताम्बर भुसाल ,राजेन्द्र भुसाल , जिल्ला कमिटी सदस्यहरू प्रेमनारायण गैरे,खगिश्वर पन्थी ,ठाकुर सौराग,लिल बहादुर बि.क.,जनक गैरे,ईमान सिंह नेपाली ,प्रेश संगठन नेपालका केन्द्रीय सदस्य शोभाखर पन्थी ,प्रदेश सदस्य हृदय भुसाल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
दिवंगत गुरुङका श्रीमती ,३ छोरा र ५ छोरी हुनुहुन्छ ।
यसैबीच गच्छेघाट आसपासका स्थानीय बासिन्दाहरुले घाट नजिकै बगरमा बाटो निक्कै अप्ठ्यारो भएको र निर्माणको लागि पटकपटक आग्रह गर्दा पनि कुनै निकाय बाट सुनुवाइ नभएको भन्दै राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल लगायतका नेताहरूको ध्यानाकर्षण गराएका छन् । उनिहरुले तत्काल बाटो निर्माणको निम्ति पहल गरिदिन आग्रह गरे ।