काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई काठमाडौं ल्याएर सार्वजनिक गरिएको छ ।
कल्पनाले प्रहरीलाई दिएको बयानमा बोहोराको हत्या गरेको स्वीकार गरेकी छन् । प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
हत्याको आरोप लागेकी पौडेल र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौँ ल्याइ प्रहरीले गोंगबुस्थित हत्या गरिएको घरमै लगेर बयान लिएको हो ।
कल्पनाले बोहोरालाई दहीचिउरा, रक्सी मासु खुवाएको र त्यसपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।
हत्या गरिएका दाङका कृष्णबहादुर बोहोरासँगको सम्बन्धबारे खुलाइएको छैन । बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ ।
ती महिला विगत दुई वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेकोे किरण बस्नेतको घरको तेश्रो तल्लामा आफनी एक छोरी र एक छोरासँग बस्दै आएको र ती महिलाका श्रीमान् भने खाडी मुुलुकमा रहेको खुलासा भएको छ ।
हत्यापछि शवलाई टुक्रा पारेर सुटकेशमा राखिएको र टाउको र खुट्टा भने प्लाष्टिको झोलामा राखेर फालिएको थियो ।
शव व्यवस्थापनपछि आमा छोरी एम्बुलेन्स भाडामा लिएर चितवन पुगेको खुलासा भएको छ । इमेजच्यानलमा समाचार छ ।