छत्रदेवको ठुलापोखरामा जंगली जनावरलाई बारीमा करेन्ट लगाएर मार्न भन्दै खुला तार वितरण

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं ६ ठुलापोखराको चौवाहा देखि जरेखोला हुँदै अरटारी जोड्न ल्याइएको तार बेवारिसे बनेको छ। यि तार बारीमा जंगली जनावरलाई करेन्ट लगाउन भनेर ल्याइएको हो । 
यहाँ करिब १ महिना अगाडिदेखि बाटो-बाटोमा राखिएको यो सेतो तार अहिले बेवारिसे बनेको छ।  यि तार वार्डले वितरण गर्न ल्याएको हो।   
स्थानिय जनतालाई बारी-बारीमा जंगल जनावरलाई करेन्ट लगाउन भनेर सजिलो गराउनका लागि ल्याएको हो । तार बारीमा जंगली जनावरलाई करेन्ट लगाउन भन्दै जडान गर्दा गत हप्ता वाङ्लाको रिङ्दीमा तार सर्ट भई अचानक करेन्ट लाग्दा एक जनाको मृत्‍यु भएको थियो ।  

अन्य समाचारहरु