मानवसँग कोरोनाको के-को रिस ?

बसन्त राज पौडेल 
विश्व नै आक्रामक बनाएको कोरोनालाई के-को रिस उठेको हो ? यसले आम मानिसमा यो प्रश्नको प्रतिउत्तर दिन सकेको छैन । या मुलुकमा भैरहेको फोहोरो खेल, होडबाजी, ब्याक्तीवादी डाहा, अन्याय अत्याचार र भ्रष्टनीति हो या अन्य कुनै । प्रकृतिलाई नै फोहोरो पार्ने गरि हुनेगरेका कामको बदला लिएको पो हो कि अथवा पृथ्वी नै फोहोर भयो ब्याक्ति ब्याक्ति र मुलुक मुलुक बिच हुने गरेका द्वन्द्व ले ध्वस्त हुन बाट बचाउन पृथ्वीमाथी भैरहेको फोहोरी खेल का कारण पृथ्वीले अस्त्र प्रहार गर्दैछ कि सम्पुर्ण लाई ध्वस्त पारेर शुन्यबाट सुरु गर्न खोज्दै छ कि भन्ने लाग्न थाल्यो । 
पृथ्वीले नियाली रहेको र बेलाबखतमा कहिले भुकम्प कहिले बाढी पहिरो र भुक्षयले साङ्केतिक आक्रमण गरेको छ । मानिसले यति हुँदाहुँदै पनि सचेतता नअपनाउनु ले गर्दा प्रकृति सङग पैठेजोरी खेल्दै आउनुले साच्चिकै पृथ्वी रिसाएकै होकि जस्तो पनि लाग्ने गरेको छ । जताततै लडाइँ र आपसी खिचातानीले पृथ्वीमाथी पनि  मानिसले गरेको चरम लापरबाहीका कारण अहिले फेरि कडा अस्त्र प्रयोग गरेको छौ । तिमिलाई जित्ने हाम्रो सामर्थ्य कहाँबाट  पत्तालगाउनु ? बढिनै मुस्किल परेको छ । 
हामिलाई साच्चै अप्ठ्यारोमा पार्ने तिम्रो लक्ष्य नै त नहोला   सितको थोपा जस्तो तिम्रो निश्च्ल भावना माथी हामिले खेलवाड गरेर हिडेका रैछौ भने आफसमा लड्ने , असत्यको बाटो हिडेर फोहोर र दोहोरो नीति लिने बानी छोडौला बरु हामि हे  पृथ्वी तिमीमाथि को लापरबाही छौडेर स्व्च्छ नीति अबलम्बन गर्ने छौ यो सब नगर ।
 आम मानिसको आधा होस उडिसकेको छ अबत मुक्ति देउ ? कुनै अस्त्र बताईदेउ यो कोरोना नामको जीवाणु फ्याक्ने । मानवजाती त्रसित भई पृथ्वी तिमि माथी भएको गलत क्रियाकलाप बरु रोकेर अन्याय अत्याचार भ्रष्टाचार र आपसी असमझदारी त्याग्न तयार छ्न । 
जसरी  बगैचामा फुलहरु गमलामा सजाएर राखिएको हुन्छ त्यसैगरी पुरै सामजालाई सजाउने आपसी भाईचारा ब्याक्ति र मुलुकलाई समझदारीको बाटोमा हिडाउन तत्परताका साथ लाग्ने छौ छोड ? कतिको अनाखमा ज्यान गयो कति थुक्नुन निल्नु छन कति अचेत भए ।
अब मानिसले पाठ सिकिसकेका छ्न समाजलाई सामाजिक एकता र रास्ट्रबाद तर्फ लैजान सक्ने गरि परिस्थिति लाई बुझी सकेकाछ्न अब प्रहार नगर मानवताबादी चरीत्र चित्रण हुनेछ । समाज र रास्ट्र हुँदै सिङ्गो मुलुकलाई नै सिङ्गारने मात्रै क्रियाकलाप हुने  छ्न कोरोना जस्ता भयानक अस्त्र त्यागेर आउ सम्झैता गरौ ।