ठाडा, अर्घाखाँची । विपतकाे बेला भत्तिएका घर परिवारलाई राहत दिने कार्य सुचि राखि शितगंगा नगरपालिकाले साउन २६ गते कार्यपालिका बैठक डाकियाे नगर प्रमुख सुर्य अधिकारी,नगर उपप्रमुख टीका रेस्मी सहित कार्यपालिका सदस्य वर्खाकाे हिलाे पानी सग मुकाविल गर्दै कार्यालय आए ।
कार्यालय आएका सबै बैठककाे लागि हलमा पुगे प्रमुख प्रसासकिय अधिकृत अजुर्न गाैतम हलमा लामाे समय आएनन् नआएपछि नगर प्रमुख अधिकारीले कार्यलयमा आएका अन्य कर्मचारीलाई साेधे कर्मचारीले निमित्त प्रमुख कसैलाई दिनुभएकाे छैन सरकारी गाडी पनि छैन भन्ने खवर खवर प्राप्त गरेपछि नगर प्रमुखले बैठकमा प्रमुख प्रसासकिय अधिकृतकाे वास्तविकता बारे जानकारी गराएपछि कार्यपालिका सदस्यले आपत्ति प्रकट गरे ।
जानकारी नदिई कहाँ गएकाे हाे केका लागि गएकाे भन्ने समेत आफुहरूलाई थाहा नभएकाे मेयर,उपप्रमुख दुवैले जानकारी दिए ।
बर्षायामको समयमा दुर्गममा रहेका कार्यपालिका सदस्य र वडा अध्यक्षहरु हिलाम्मे हुँदै नगरमा आईपुगे । निरन्तरको झरी, पहिरो र हावाहुरी छिचोल्दै उनीहरु कार्यपालिका बैठकमा उपस्थित भए ।
१०औं तहको कर्मचारीबाट यो किसिमको लापरवाहीले समग्र नगर चिन्तित बनेको कार्यपालिका सदस्य पवित्रा थापाले बताईन् । ‘प्रमुख प्रशासकिय अधिकृत सरले नै फोन गरेर बैठक बारे जानकारी गराउनु भएको थियो, बर्खाको समयमा हिंलाम्मे भएर आयौं, कार्यपालिका सदस्य थापाले भनिन्,‘ आएर पर्खिदा पर्खिदा अधिकृत साहब आउनु भएन, हामीलाई बोलाएर आफै कता हिंड्नुभएछ ।’ जिम्मेवार व्यक्तीबाट यस्तो हुनु दुखद भएको उनको भनाई छ ।
यही साउन २६ गतेका दिन कार्यपालिका बैठक बोलाएर उनी आफै उपस्थित नभएपछी कार्यपालिका बैठक समेत प्रभावित भयो । कार्यालयमा कसैलाई जानकारी नगराई उनी नगरपालिकाकै गाडी लिएर त्यहाँबाट हिंडेका थिए । ‘मलाई कुनै जानकारी छैन, नगर प्रमुख सुर्य प्रसाद अधिकारीले भने,‘२६ गते कार्यपालिका बैठक बसाल्ने निर्णय भयो, उनी आफै आएनन् ।’ कार्यालयमा मेयरसंग अनुमती मागेर हिंड्नुपर्ने भएपनी उनी मनपरी ढंगले हिंडेको मेयर अधिकारीको भनाई रहेकाे छ । कसैलाई जानकारी नगराई हिंड्दा र निमित्तको जिम्मेवारी समेत नतोकि हिंड्दा कार्यलयमा दैनिक हुन् कार्य सबै प्रभावित भएका छन् ।
शितगंगामा काम गरिरहेका एक ठेकेदार पदम भुसालले अाफुले काम गरेकाे ठाउँमा प्रमुख प्रसासकिय अधिकृतले पहिला काम राेक भने किन राेकेकाे भन्दै काम गर्न पाउ भनी लिखित निवेदन दिएपछि २ महिनामा पहिला काम गर्न हुन्न भनेकै ठाउमा काम गर्न भनेकाे उनले बताए । सितगगा नगरपालिका वाडनम्वर ७ पलाटेमा पतञ्जलि भवन निर्माण गर्न मिल्दैन भने पछि लिखित निवेदन दिएपछि त्यहि ठाउँ ठिक छ भनी अनुमति दिनुले शकाकाे वातावरण निर्माण गरेकाे छ । प्रमुख प्रशासकियका कारण ढिलाे गरि काम गर्न भनेकाले रकम फ्रिज भएकाे भुसालले बताए । जम्मा ८ प्रतिसत मात्र काम भयाे ।
नगरमा मेरा विरुद्ध षड्यन्त्र: अधिकृत अर्जुन गौतम
प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले नगरप्रमुख र उपप्रमुखले आफ्नो सरुवा गर्न लागेकोले आफु प्रतिरक्षाका लागी काठमाण्डौ गएको बताए । ‘नगरमा मेरा विरुद्ध षड्यन्त्र भईरहेको छ, गौतमले भने,‘म प्रतिरक्षाका लागी मन्त्रालय आएको छु ।’ आफुलाई काठमांडौ जान नदिन नियोजित रुपमा २६ गते कार्यपालिका बैठक राखिएको उनले बताए ।
काठमाण्डौ जान पास लिएको सबैलाई थाहा हुँदाहुँदै खबर नगरेको भन्नु हास्यास्पद भएको उनले बताए । धेरै दिनदेखी आफु जाने कुरा नगरपालिकामा सबैलाई थाहा भएको उनको भनाई छ । निमित्तको जिम्मेवारीको विषयमा उनले छोंटो समयलाई जाँदा कुनै फरक नपर्ने बताए । छोंटो समयलाई कतै जाँदा कानुनी बाध्यता नभएको र यो समयमा त्यती महत्वपुर्ण कार्य पनी नभएकाले आफु निमित्त नदिई हिंडेको उनको भनाई छ ।
नगरका प्रमुख, उपप्रमुखसंग राम्रो सम्बन्ध नरहेको स्रोतले बताएको छ । प्रमुख प्रशासकिय अधिकृतले गरेका कुराको आधारमा पनी सम्बन्ध राम्रो नरहेको थाहा हुन आउँछ ।