ढाकावाङको बाल शिक्षा माबि साम्नेगाउँमा आफ्ना बाबु आमाको स्मृतिमा अक्षयकोष स्थापना

माधव खनाल
ढाकावाङ, अर्घाखाँची २९ श्रवण । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नंवर १ ढाकावाङको साम्नेगाउँको बाल शिक्षा माध्यमिक बिधालयमा एक परिवारले आफ्ना बाबु आमाको स्मृतिमा बिद्यालयमा ७०,३८० हजार ८० रुपैंयाको अक्षयकोष स्थापना गरेका छन् । 
साम्नेगाउँ निवासी स्वर्गीय शिवलाल खनाल  र स्वर्गीय मोतिकला  खनालको सम्झनामा स्थानीय बाल शिक्षा माध्यमिक बिधालयमा ७३,०८० हजार ८० रुपैया बराबरको अक्षयकोष स्थापना गरेको स्वर्गीय खनालका जेठा छोरा मेघराज खनालले बताउनुभयो । 
साथै खनालले आफ्ना आमाबुबाको चाहना अनुसार आफुहरुले बिधालयमा अक्षयकोष स्थापना गरिएको बताउनुभयो। त्यस्तै स्वर्गीय खनालका कान्छा छोरा टामलाल खनालले अक्षयकोषबाट आउने ब्याजबाट बिधालयमा अध्यन गर्ने गरिव तथा जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रवृत्ति बितरण गर्ने जानकारी दिनुभयो। 
स्वर्गीय शिवलाल खनालको २०५२ पुस  १७गते ७३ वर्षको उमेरमा र स्वर्गीय मोतिकला खनालको २०७६ भदौ ३गते ८० वर्षको उमेरमा निधन भएको थियो । खनाल परिवारले स्वर्गीय आमा मोतिकला खनालको बार्षीक पुण्य तिथिको अवसर पारेर बिधालयका प्रधानध्यापक युवराज खनाल र बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कासबहादुर गमाललाइ अक्षकोष बापतको रकम हस्तान्तरण गरियको थियो । 
स्वर्गीय शिवलाल र स्वर्गीय मोतिकला खनालका ३ भाइ छोरा तीन वुहारी चार बैनी छोरिहरु र नाति नातिना हुनुहुन्छ ।