अर्घाखाँचीभरका क्वारेन्टिनमा बस्ने फेरी बढे, बिहीवारसम्म १६३ जना पुगे (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा बिहीवारसम्म १६३  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १५१ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ० जना डिस्चार्ज भएका छन् ।    
अर्घाखाँचीमा बिहीवारसम्म  ३२४ जनाले कोरोना जितेर घर फर्केका छन् । भने २ जना उपचाररत छन् । 
 जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा १०६,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि  हाल सम्म ३२३ जनाले कोरोनालाई जितेका हुन् ।  
अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय २९  पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६६,  भूमिकास्थान नगरपालिकामा १०९,   मालारानीमा ६८, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हाल सम्म ३२९ जना संक्रमित रहेका छन् ।
अर्घाखाँचीमा बुधवारसम्म  ३२३ जनाले कोरोना जितेर घर फर्केका छन् । भने २ जना उपचाररत छन् । 
 जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा १०६,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि  हाल सम्म ३२३ जनाले कोरोनालाई जितेका हुन् । 
 यस्तै बिहीवार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा १२ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
बिहीवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु