नेपालमा कोरोना संक्रमितको संख्या २४,९५७

काठमाडौं, साउन २९ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
थपिएका मृतकमा महोत्तरी मटिहानीका ४५ वर्षीय पुरुष, धनुषा मिथिलाकी ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङ्ग विराटनगरका ५७ वर्षीय पुरुष हुन् ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ सय २५ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको हो ।
हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक सय ९ जनामात्र संक्रमणमुक्त भएका छन् ।
योसंगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ ।
८ हजार २५ जना आइसोलेसनमा रहेका छन् ।
१४ हजार ७ सय ६९ जना क्वारेन्टिनमा रहेकामध्ये चार सय ६६ जना होम क्वारेन्टिनमा रहेका छन् । इमेजच्यानलमा समाचार छ ।