अर्घाखाँचीमा भदौ १६ गतेसम्म कडाई, होटल रेस्टुरेन्ट पनि अझै १८ दिन नखुल्ने, सवारी पास बन्द ( सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासनले छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्या बढेको भन्दै भदौ १६ गतेसम्मका लागि कडाई गरिएको छ । 
छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना महामारीको संक्रमण फैलिएको भन्दै अर्घाखाँची जिल्ला प्रशासनले अर्घाखाँची जिल्लाभर भदौ १६ गतेसम्मका लागि कडाई थप कडाइ गरेको हो । 
अर्घाखाँची जिल्ला प्रशासनले सूचना जारी गर्दै संक्रमणबाट बच्न कडाइ गरिएको जानकारी दिएको छ।
सूचनाअनुसार, फलफूल तथा तरकारी व्यवसायीहरुले बिहान ५ देखि ९ बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्न पाउनेछन्। औषधि लगायत अत्यावश्यक सामग्री खरीदका क्रममा दुई मिटर दूरी कायम गर्न आग्रह गरेको छ।
यस्तै जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गरेको छ । गृह मन्त्रालयले  प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको थियो ।
पुरा सुचना यस्तो छ: 

अन्य समाचारहरु