सुपादेउराली मन्दिरको वेबसाइट अहिलेसम्म ह्याकरको नियन्त्रणमा, करोडौ आम्दानी गर्ने मन्दिर व्यवस्थापन समितीले कुनै चासो देखाएन्

अर्घाखाँचीडट्कम संवाददाता 
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सुपादेउराली मन्दिरको आधिकारिक वेबसाइट सुपादेउरली डट ओआरजी डट एनपी लामो समयदेखि ह्याक भएपनि अझैसम्म ह्याकरको  नियन्त्रणमा रहेको छ । महिनौ दिन हुँदासम्म पनि मन्दिर व्यवस्थापना समितीले कुनै चासो देखाएको छैन् । वार्षिक करोडौ रुपैया आम्दानी गर्ने सुपादेउराली मन्दिरले अहिलेसम्म एक ह्याक भएको वेबसाईट अहिलेसम्म मर्मत गर्न सकेको छैन् ।        
सुपादेउराली मन्दिरको वेबसाइट (www.supadeurali.org.np) खोल्दा डार्क साईबर नामबाट ह्याक भएको उल्लेख छ । जसमा HackedBYdCW लेखिएको छ ।   
सुपादेउराली मन्दिरको वेबसाइटमा अङ्रेजी अक्षर लेखिएको छ ।  अमेरिकाबाट ह्याकरले वेबसाइट ह्याक गरेको अनुमान गरिएको छ ।  
तर यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । अर्घाखाँची जिल्लाका सरकारी आधिकारिक वेबसाइटहरु समय – समयमा ह्याक हुँदै आएका छन् ।    

अन्य समाचारहरु