आफु अर्घाखाँचीको बिकासमा निरन्तर रुपमा लागि परेको प्रदेश संसद घिमिरेको भनाई ( विशेष अन्तरवार्ता सहित)

केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची । कृषि र पर्यटनको बिकास नै समग्र प्रदेश र जिल्ला बिकासको मुख्य आधार भएको प्रदेश सभा सदस्य रामजी  प्रसाद घिमिरेले बताएका छन् ।
अर्घाखाँची डट्कमसँगको बिशेष कुराकानीमा घिमिरेले  आफु जिल्ला बिकासमा निरन्तर रुपमा लागि परेको बताए। जिल्लाको बिकासको मुख्य आधार सडक पुर्बाधार  कृषि र पर्यटन  रहेको  उदृत गर्दै  उनले जिल्लामा  पर्याप्त   सडक बिस्तार  र स्तर उन्नतिको कार्य निरन्तर  र तिब्र रुपमा अघि बढेको बताए।
प्रदेशको गौरबका आयोजना  रामपुर कपुरकोट   सडक खण्डको कार्य तिब्र गतिमा  अघि बढेको उनले बताए। सडक पुर्बाधार सगै बिकासको  मुख्य आधार कृषि र पर्यटनमा  जोड दिएको बताउदै  घिमिरेले स्मार्ट कृषि परियोजना  र एकिकृत कृषि परियोजना  जिल्लामा  सन्चालन गर्न  लागेको बताए।
यसै गरि सन्धिखर्कको कुडुले बृती र सुक्मीको फाटमा स्मार्ट कृषि योजना सन्चालन  गर्न लागिएको संंसद घिमिरेले अर्घाखाँची डट्कमसँगको संवादमा बताए। यता जिल्लाका पर्यटकिय स्थल  सुपादेउराली, नरपानी, पाणिनी , बल्कोट,   अर्घाभगवती,  मालारानी लगायतका स्थानहरुको  प्रचार प्रसार र बिकास गर्दै जिल्लाको आर्थिक स्थिती सुधार  गर्ने बताए ।
आफु निर्वाचित भए पछि  प्रदेश र समग्र जिल्लाको बिकासमा  गरेका  प्रयासहरुको  मतदाता र शुभेच्छुकहरुले  उचित मुल्यान्कन गर्ने बताउदै उनले प्रदेश क्षेत्र न २  लाई  बिगतको तुलनामा  धेरै अघि ल्याउन आफु सफल रहेको दाबी गरे।
अहिलेको  अबस्थामा पाटिमा बिबाद गर्नु राम्रो नभएको बताउदै उनले बिबाद गुट र उपगुट  बाट माथी उठेर  जनता  र देशको हितमा काम गर्नुको बिकल्प नभएको बताए।  सरकारले  देशको बिकास र  हालको कोभिड  -१९ महामारी नियन्त्रणको  सन्दर्भमा  पर्याप्त प्रयास  गरेको बताउदै   उनले  केपी सरकारको  बिकल्प नरहेको बताए।

अन्य समाचारहरु