बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका सामुदायिक रेडियो र व्यवसायिक रेडियोहरुले नेटवर्कहरुले उत्पादन गरेका समाचार प्रसारणमा रोक लगाएका छन् । शुक्रबार जिल्लामा सञ्चालित रेडियोहरुका प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रत्येक आर्थिक वर्षमा केन्द्रमा रहेका विभिन्न रेडियो नेटवर्कहरुले मन्त्रालय, गैर सरकारी संस्था, उद्योगी, व्यापारी, संघ संस्थाहरुबाट रकम ल्याई स्थानीय रेडियोहरुसँग समन्वय र सहकार्य नगरेको भन्दै रेडियोहरुले यस्तो निर्णय गरेका हुन् । नेटवर्कहरुले तयार पारेका समचारको विचमा प्रसारण हुने विज्ञापन स्थानीय रेडियोबाट पनि प्रसारण हुने र त्यसको प्रतिफल नदिएका कारण व्यवसायिक विकासमा समस्या परेको भन्दै रेडियोहरुले यस्तो निर्णय गरेका सामुदायिक रेडियो देउरालीका प्रतिनिधि रुद्रमणि भुसालले जानाकारी दिनुभयो ।
अर्को निर्णय नहुञ्जेल सम्मका लागि कुनै पनि नेटवर्कका समाचार सम्पे्रषण नगर्ने रेडियोहरुका प्रतिनिधिहरुको संयुक्त हस्ताक्षर समझदारी पत्रमा उल्लेख छ । कुनै पनि रेडियोहरुबाट नेटवर्कका समाचार सम्प्रेषण गरेको पाईएमा कारवाहि गर्ने बताईएको छ ।
साथै बैठकले स्थानीय रेडियोहरुबाट प्रसारण हुने विज्ञापन, सुचना, बधाई तथा शुभकामना, श्रद्धाञ्जलि/समवेदना प्रसारणमा लाग्ने रकममा एकरुपता ल्याएका छन् । यसअघि जिल्लामा सञ्चालित रेडियोहरुले विज्ञापन सुचना, बधाई तथा शुभकामना, श्रद्धाञ्जलि/समवेदना प्रसारण वापत लाग्ने रकममा एकरुपता थिएन ।