बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले कर्मचारीहरुका लागि पुनर्ताजगि तालिम दिन शुरु गरेको छ ।
गाउँपालिकाले विहिवार एक कार्यक्रमका बिच पालिकाको कार्यालय र वडा कार्यालयका कर्मचारीहरुका लागि प्रशिक्षण दिन सुरु गरेको हो । कार्यालयहरुबाट दैनिक हुने सेवा प्रवाहसम्बन्धि ७ दिने पुनर्ताजगी प्रशिक्षण दिन सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्तीले जानाकारी दिनुभयो ।
सामाजिक दुरि कायम गर्दै मुस्कान सहितको सेवा, छिटोछरितो, जनमैत्री प्रशासन बनाउने उद्देश्यले पुनर्ताजगी तालिम दिन सुरु गरिएको हो । तालिमको गाउपालिकाका अध्यक्ष बालकृष्ण आचार्य शर्माले उद्घाटन गर्नुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्ती, शाखा अधिकृत, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।