सन्धिखर्क, अर्घाखाँची २०७७ साउन ३० । अर्घाखाँची जिल्ला अदालत बार एसाेसिएसनकाे निर्वाचन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
अर्घाखाँची जिल्ला अदालत शेस्तेदार (उप सचिव )महेश खनाल ले साे निर्वाचन सम्पन्न गराउनु भएकाे हाे ।
निर्बिराेध रूपमा सम्पन्न निर्वाचनले अधिबक्ता बिजय कुमार खत्रीकाे अध्यक्षतामा ९ सदस्यीय कार्य समितिकाे गठन गरेकाे छ । जसको उपाध्यक्षमा अधिबक्ता पवित्रा भट्टराई ,सचिवमा अभिवक्ता देबेन्द्र बन्जाडे, काेषाध्यक्ष अभिवक्ता टामलाल पाण्डे र सदस्यहरूमा अधिबक्ता टिका भुसाल , जगन्नाथ भुसाल , ईन्दु पाण्डे , कृष्ण बहादुर सुनार , कुलचन्द्र खनाल रहनु भएको छ ।
भने केन्द्रीय पार्षदमा अधिबक्ता कृष्ण बहादुर भुसाल (के. बि. भुसाल ) निर्वाचित हुनु भएको छ ।
बार एसाेसिएसन स्थापना संगै जिल्लामा असहाय गरिव दुखिहरूले निशुल्क कानूनि सेवा पाउदै आएकाे ,गाउँ गाउँमा पुगेर कानूनि सचेतना कार्यक्रम सन्चालन गरियकाे अध्यक्ष बिजय कुमार खत्रिले बताउनु भयाे ।