सन्धिखर्कमा कांग्रेस निकट निजामती कर्मचारी युनियन संघको बैठक सम्पन्न, नयाँ पदाधिकारी तथा सदस्यहरु पदपूर्ति


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सन्धिखर्कमा नेपाली कांग्रेस निकट  नेपाल निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीको बैठक बिभिन्न महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओसनको अध्यक्ष तामा बसेको जिल्ला समितिको बैठकले कर्मचारी समायोजनका कारण रिक्त रहेका पदाधिकारी तथा सदस्यहरुको ठाउँमा नयाँ पदाधिकारी तथा सदस्यहरु पदपूर्ति गरेको छ । 
जस अन्तरगत कर्मचारी युनियन संघको जिल्ला उपाध्यक्षमा माधब अर्याल, कोषाध्यक्षमा जानाका भन्डारी, सदस्यमा अर्जुन रेग्मी शालिक पन्थि राजन पान्डे, हरि भट्टराईलाई जिल्ला कार्यसमितिमा मनोनीत गरिएको छ । 
त्यस्तै आधिकारिक ट्रेड युनियन सिबिएमा गएका पुराना पदाधिकारी तथा सदस्यहरुलाई फिर्ता बोलाई नयाँ पदाधिकारी पठाउने निर्णय समेत गरेको युनियन संघका जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओषनले जानकारी दिनु भयो । 
बैठकले आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा सालझन्डि ढोरपाटन सडकका लेखा अधिकृत झबिन्द्र खनाललाई पठाउने सर्व सहमत निर्णगरेको छ । 
त्यस्तै आधिकारिक ट्रेड युनियनको सहसचिवमा तारा पोख्रेल कोषाध्यक्षमा कृष्ण बर्मा सदस्यमा ओम प्रकास श्रेष्ठ लक्ष्मण भट्टराई बिकल्प भट्टराईलाई सिबिएमा पठाउने निर्णय गरेको छ ।

अन्य समाचारहरु