अर्घाखाँचीमा आधिकारीक टेड्र युनियन कर्मचारी सिबिएको अध्यक्षमा झबिन्द्र खनाल सिफारिस

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस निकट कर्मचारीहरुको साझा सस्था आधिकारीक ट्रेड युनियन सिबिए  अर्घाखाँचीको जिल्ला अध्यक्षमा सालझन्डी ढोरपाटन सडक आयोजनाका लेखा अधिकृत  झबिन्द्र खनाल  सिफारिस भएका छन् । 
नेपाल निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीको बैठकले युनियनका पुर्व पदाधिकारीहरुलाई फिर्ता बोलाउदै नयाँ अध्यक्षमा खनाल सहितका पदाधिकारी तथा सदस्यहरु सिफारिस गरेको युनियन संघका जिल्ला अध्यक्ष शेषकान्त घिमिरेले जानाकारी दिनु भयो ।
 आधिकारीक ट्रेड र सहसचिवमा मालपोत कार्यालयका तारा पोख्रेल कोषाध्यक्षमा सघिय खानेपानी कार्यालयका कृष्ण बर्मा सदस्यमा  बिकल्प भट्टराई, ओम प्रकास श्रेष्ठ, लक्ष्मण भट्टराई सिफारिस हुनु भएको छ । 
यस्तै नयाँ अध्यक्ष सहितका पदाधिकारीले आगामी आईतबारबाट पदभार ग्रहण गर्ने युनियन संघले जनाएको छ ।
 

अन्य समाचारहरु