पाणिनीको धातिवाङमा नेकपा परित्याग गरी स्थानिय नेता सहित ३० जना कार्यकर्ता कांग्रेसमा प्रवेश (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
धातिवाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ६ धातिवाङमा नेकपाबाट पार्टी परित्याग गरी लगभग ३ दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
धातिवाङमा नेकपाका स्थानिय नेता सहित ३० जना कार्यकर्ताहरु पार्टी परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । काँग्रेस वडा कार्य समिति पाणिनि-६ काे आयाेजनामा भएकाे पार्टी प्रवेश तथा क्रियाशिल वितरण कार्यक्रममा नेकपा परित्याग गरि टाेपलाल पाैडेल, ज्ञानेश्वर क्षेत्रि, प्रेमप्रसाद पाैडेल, कृष्णबहादुर क्षेत्रि, सरिता सुनार, भेकबहादुर राष्काेटि, तेजबहादुर राष्काेटि, रमेश पाैडेल, सागर पाैडेल, विन्दु परियार, रेनबहादुर सुनार, माधव पाैडेल, सुन्दर दर्जि, हिमालय दर्जि, डाेलाराज सुनार लगाएत प्रवेश गरेका छन ।
नयाँ प्रवेसीलाई कांग्रेस जिल्ला सभापती बिष्णु खनाल मुस्कान, शान्ता भण्डारी, सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, पाणिनी गाउँपालिका प्रमुख अच्युत गौतम लगायतले संयुक्त रुपमा टिका अविर लगाई दिएर स्वागत गरेका थिए ।  विष्णु मुस्कानले पार्टीकाे सिद्वान्तका आधारमा क्रियाशिल भएर संगठन निर्माणमा लाग्न आग्रह गर्नुभएकाे थियाे ।
नेकपाले गरेका कामबाट असन्तुष्ट भई काँग्रेसमा प्रवेश गरेकाे र अबदेखि काँग्रेसकाे सिद्वान्तलाई पालना गरेर संगठन निर्माणमा प्रतिवद्व भएर लाग्ने नवप्रवेशिहरूकाे भनाई रहेकाे थियाे । काँग्रेस धातिवाङ्गका सभापति शाेभाखर पाैडेलकाे अध्यक्षता, संगठन विभाग सदस्य कृष्णप्रसाद पाैडेलकाे सञ्चालन र हिमलाल पाैडेलकाे स्वागतमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

अन्य समाचारहरु