अर्घाखाँचीका ६ पालिकाद्वारा घरैमा तीज मनाउन आग्रह, पोखेडाँडा सहित जिल्लाभर तीज कार्यक्रम नहुने

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ पालिकाले आगामी भदौ ५ गते पर्ने हरितालिका तीज घरैमा मनाउन आग्रह गरेका छन् । 
दिनानुदिन कोरोना भाइरसको संक्रमणको खतरा बढिरहेको भन्दै सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका,  भूमिकास्थान नगरपालिका,  मालारानी, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले हरितालिका तिजलाई आ–आफ्नो घरभित्रै परिवारका साथमा मनाउन आग्रह गरेका हुन् । 
जिल्लाका ६ पालिकाले डट्कमलाई दिएको जानकारी अनुसार हरितालिका तिजमा जमघट नहुन तथा भिडभाड नगर्न सचेत गराएको हो । 
साथै जिल्लाको नुवाकोट स्थित पोखेडाँडा सहित जिल्लाका विभिन्न भागमा आयोजना गरिने तिज कार्यक्रम यो वर्ष नगरिने भएको छ ।     
यस्तै जिल्लाका विभिन्न ठाउँमा भदौ ३ गतेका दिन हरेक वर्ष लाग्ने कुसे औंसी मेला नलगाउने भएका छन् । 
पालिकाले अनावश्यक भीडभाड तथा जमघट नहुने, आवश्यक कामका लागि बजार क्षेत्रमा जान परे सामाजिक दूरी कायम गर्दै मास्क, पञ्जा, सेनिटाइजर लगायतका सामग्रीको प्रयोग गर्न आग्रह गरेका छन् ।  लकडाउन हटाइएपछि सुरु भएको भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्म कडाई गरेको छ ।   

अन्य समाचारहरु