नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १२६, ललितपुरका ३८, भक्तपुरका ८, चितवनका २७, मोरङका १००, बाँकेका १०, बर्दियाका ३, दाङका ४, पर्साका ६४, सप्तरीका ११, सिरहाका ३, नुवाकोटका १, सिन्धुलीका १, जुम्लाका १, रुकुमका १, इलामका १, सुनसरीका १, कपिलवस्तुका २, नवलपरासीका १०, सर्लाहीका १, बाराका ६९ र रौतहटका १३ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै रुपन्देहीका ५८, कास्कीका ११, तनहुँका ५, मकवानपुरका १, सुनसरीका १, धनुषाका ३७, महोत्तरीका ८, रौतहटका १, बाग्लुङका १, पर्वतका १, रोल्पाका २, कञ्चनपुरका ५, झापाका १, सर्लाहीका १, कैलालीका ३, लमजुङका १ र ताप्लेजुङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएका छ।
कोरोना भाइरसको संक्रमण निको भएर थप १३४ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १७ हजार ३३५ पुगेको छ। देशसन्चारमा समाचार छ ।