अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कोरोन संकट ब्यबस्थापन समितीको बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ बाट जिल्लामा के-कति प्रभावित भयो भन्ने जानकारी गराउनुको साथै हालको अवस्थाको बारेमा जानकारी गराइएको छ ।
जस अन्तरगत क्वारेन्टिनमा १५८ जना रहेको, जिल्लाभर ३२९ जना संक्रमित भइ उपचार पछि ३२४ जना घर फर्किएको, ३ जनाको मृत्यु भएको र हाल २ जना अझै संक्रमित रहि उपचारमा रहेको हालसम्म जिल्लामा संक्रमण जनमानसमा नफैलिएको समेत बैठकमा जानकारी गराइएको थियोे ।
बैठकले कोभिड १९ को महामारी दिन प्रति दिन फैलिदै गएको भन्दै यसको थप प्रभावकारी रोकथामका लागि केही महत्त्वपूर्ण निर्णय गरेको छ । जस अन्तरगत:-
(१) कोभिड १९ को संक्रमण दिन प्रती दिन बढ्दै गइ रहेकोले यसको नियन्त्रण तथा रोकथामका लागी अन्तरजिल्ला आवत जावत पुर्ण रुपमा बन्द गर्ने, अति आबस्यक पर्ने एम्बुलेन्स, शब बाहन, इन्धन खाध्यान्न बोक्ने गाडी र अति आबस्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट इजाजत सबारी साधन बाहेक अन्यलाई पुर्ण रुपमा प्रतिबन्ध लगाइएको छ।
(२) हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिजको अबसरमा कहि कसैले पनि होटल पार्टी प्यालेस, टोल-टोल चोक-चोक र अरुको घरमा भेला भई दर खाने नाच गान गर्ने जस्ता मनोरंजन गर्न नपाइने कसैले जबर्जस्त गरेमा प्रचलित कानुन बमोजिम कार्बाही गरिने।
(३) कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारको मन्त्रीपरिषदको बैठकको निर्णय तथा जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना कार्यन्यन भए नभएको अनुगमन गरि साप्ताहि रुपमा प्रतिबेदन पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको अध्यक्षतामा ५ सदस्यीय अनुगमन टोलीको गठन गरिएको छ । अन्य सदस्य हरुमा प्रहरी निरीक्षक जि.प्र. का.,स्वास्थ कार्यलय प्रतिनिधि, स्थानीय तह प्रतिनिधि र नेपाल पत्रकार महासंघ रहेको छ।
बैठकमा जिल्ला स्थित शुरक्षा निकायका प्रमुख नेपाली सेनाका सेनानी अशोक कुमार क्षेत्री, शसस्त्र प्रमुख राम कृष्ण मर्हजन, जिल्ला समन्वयका निमित्त प्रमुख शंकर भुसाल, अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतम, स्वास्थ प्रमुख पुस्पा थापा, प्रहरी निरीक्षक प्रकाश खत्री अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा तथा आमन्त्रित सदस्यहरुमा सहायक प्रमुख जिल्ला अधिकारीहरु बिक्रम थापा र बिनोद खनाल, नेपाल रेड्क्रस सोसाइटी अर्घाखाँचीका अध्यक्ष कुशल भुसाल स्वास्थ कार्यालयका प्रतिनिधि राधाराम आचार्य तथा पत्रकार महासंघ प्रदेश न. ५ का सदस्य अशोक खनालयको उपस्थिति रहेको थियो ।