सिमलपानीका एक पुरुषमा काेराेना संक्रमणको पुष्टि, अर्घाखाँचीमा संक्रमितको संख्या ३३० पुग्यो (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीका एक २४ वर्षिय पुरुषमा काेराेना संक्रमणको पुष्टि भएको छ । उनको पिसिआर आईतबार पोजिटिभ आएको हो । उनी दुबईबाट आएर हाेम क्वारेन्टिनमा बसेका थिए । यो सँगै अर्घाखाँचीमा संक्रमितको संख्या ३३० जना पुगेको छ ।
यसअघि अर्घाखाँचीमा आईतबारसम्म ३२४ जनाले कोरोना जितेर घर फर्केका छन् । भने २ जना उपचाररत छन् । 
 जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा १०६,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि  हाल सम्म ३२४ जनाले कोरोनालाई जितेका हुन् ।  
अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय २९  पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६६,  भूमिकास्थान नगरपालिकामा १०९,   मालारानीमा ६८, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हाल सम्म ३२९ जना संक्रमित रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ । 
यसैविच अर्घाखाँचीमा आईतबारसम्म १६८  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १६८ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा १ जना डिस्चार्ज भएका छन् ।   
 यस्तै आईतबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ११ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु