अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाभरका शाखा सडकमा ट्याक्टर सञ्चालनमा राेक लगाइएको छ ।
शितगंगा नगरपालिकाले सडक अत्याधिक बिगारेकाे भन्दै नगरका शाखा सडकमा ट्याक्टर सञ्चालनमा राेक लगाएको हो ।
शितगंगा नगरपालिकाका अनुसार अर्को सुचना जारी नगरुझेलसम्म ट्याक्टर सञ्चालनमा राेक लगाइएको छ ।