मालारानी गाउँपालिकामा दैनिक सेवाप्रवाह सम्बन्धी ७ दिने पुनर्ताजगी प्रशिक्षण सम्पन्न ( फोटो फिचर)

सुर्य भुसाल 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले गाउँपालिका वार्ड कार्यालयबाट हुने दैनिक सेवा प्रवाह सम्बन्धी कर्मचारीहरुका लागि दिएको ७   दिने पुनर्ताजगी प्रशिक्षण कार्यक्रम एक समारोहबीच समापन भएको छ । 
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिस्णु घर्ति भनभनेलिले जानकारी दिए अनुसार गाउँपालिका भित्र रहेका सबै कर्मचारीहरुलाई छिटोछरितो सेवाप्रभवाह मुस्कान सहितको सेवा जनमैतृ प्रशासन बनाउने उदेश्य अनुरुप पुनर्ताजगी तालिमको आयोजना गरिएको थियोे  । 
तालिमको एक समारोहबीच गाउपालिकाका अध्यक्ष बालकृष्ण आचार्य शर्माले प्रमाणपत्र बितरण गरि समापन गर्नु भएको थियोे । समापन कार्यक्रममा उपाध्यक्ष प्रमिला क्षेत्री प्रमुख प्रशासकिय अधिकृत बिस्णु घर्ति भनभनेलिले गाउँपालिकाबाट कसरी छिटोछरितो सेवा दिन कसरी सकिन्छ, कर्मचारी र आम नागरिक बिच हुनु पर्ने सम्बन्ध कानुनी जटिलता लगायतका बिषयमा तालिममा सिकेका कुरा ब्यवहाँरमा लागु गर्न कर्मचारीहरुलाई आग्रह गर्नु भयो  । 
तालिमबाट आफुहरुले धेरै कुरा सिक्न पाएको र आगामी दिनमा पनि यस्ता खालका तालिमहरु अझै प्रभाबकाररी ढङगले सन्चालन हुनेमा आशाबादी रहेको रोजगार संयोजक महेस भुसालले बताउनु भयो ।
 कर्मचारीहरुको स्तर बृर्दि होस भनि तालिमको आयोजना गरिएको र आगामी दिनमा यस्ता खालका तालिमहरुलाई निरन्तरता दिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिस्णु घर्तिले बताउनु भयो ।
मालारानी गाउँपालिकामा बिस्णु घर्ति  हाजिर भएदेखि रचनात्मक कामहरु भएका छन् । घर्तिले मालारानी गाउँपालिका भित्रका गतिविधि समेटिएको मालारानी बुलेटिन प्रकाशन बिभिन्न खालका प्रतिभाशाली कार्यक्रम कर्मचारीहरुलाई पुनर्ताजगी तालिम दिने सेवालाई तुरुस्त दुरुस्त पार्ने जनताको काम छिटो-छरितो गर्न लगाउने आर्थिक शुसासन पार्दशिता कायम गर्ने अनुगमन निरिक्षण गर्ने जस्ता कार्य गरि मालारानीबासीको मन जितेर काम गर्न सफल भएका छन् ।