अशोक खनाल / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अनुगमनलाई थप कडाई गर्न शुरु गरेको छ ।
कोभिड १९ सम्बन्धित नेपाल सरकार मन्त्रीपरिषदको निर्णय र जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीबाट जारी सुचना तथा श्रावण ३२ गतेको कोभिड संकट केन्द्रको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अनुगमनलाई तिव्रता दिएको हो ।
प्रशासनका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको नेतृत्वमा सन्धिखर्क नगर स्थित विभिन्न सरकारी गैरसरकारी उधोग व्यवसाय सवारी साधनहरुमा स्वास्थ शुरक्षा सम्बन्धि मापदण्ड अपनाइएको छ छैन भनी अनुगमनलाई तिब्रता दिएको छ ।
अनुगमनको क्रममा मापदण्ड पुरा नगर्ने व्यक्तिलाई जरिवाना काटी माक्स वितरण गरिएको छ भने अनुगमनलाई थप कडा गरिदै लगिने सहायक प्रजिअ थापाले बताउनु भयो ।