ऋषी विश्वकर्मा
सिमलपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीलाई पूर्ण रुपमा सिल गरिएको छ ।
आपतकालीन बिपद ब्यबस्थापन समितिको सम्पन्न बैठकले सिमलपानीलाई पूर्ण रुपमा सिल गरिएको हो ।
वडा अध्यक्ष दुर्गा बि.सि.को अध्यक्षता रहेको बैठकमा वडा सदस्य, वडाभित्रका कार्यलय प्रमुख, राजनैतिक दल र स्वमसेबिकाको उपस्थिति रहेको थियो ।
बैठकले पछिल्लो समय दुबैबाट आइ होम क्वारेन्टाइनमा बसेका २४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै वडा नं. १३ मा कोरोना संक्रमणको जोखिम कम गर्न र संक्रमण नियन्त्रणको लागि आवश्यक रणनीति बनाइ पालना गर्नको लागि सबैलाई आग्रह गरेको छ ।
साथै उक्त बैठकले मिति भदौ १ गते देखि लागु हुनेगरी अर्को निर्णय नहुन्जेल सम्म वडा पुर्ण सिल गर्ने र अन्य जिल्ला तथा दिस्रो देशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । वडा भित्र रहेका सबै कार्यलय बन्द गर्ने निर्णय गरेको छ ।
साथै हरितालिका तिजको अबसरमा हुने नाचगान, जमघट निषेध गरी घरमै मनाउन सबै वडा बासिमा अनुरोध समेत गरेको वडा अध्यक्ष दुर्गा बिसीले बताउनु भयो ।