शितगंगा नगपालिकामा एक वार्ड एक क्वारेन्टिन निर्माण गरिने, ५ स्थानमा पिसिआर स्वाव संकलन केन्द्र

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्ला शितगंगा नगपालिकामा आईतबार बसेको सिएमसी बैठकद्वारा पारित एक वार्ड एक क्वारेन्टिन अनिवार्य बनाउने निर्णय भएको छ ।
केही दिन यता होम क्वारेण्टिन बस्ने निर्णय भएकोमा सम्वन्धी वडाले तोकेको क्वारेण्टिनमा बस्नु पर्ने आज बसेको बैठले पारित गरेको छ । त्यस्तै पिसिआर स्वाव संकलन केन्द्र ५ स्थान ज्योती मावि ठाडा, लाहापे, लामाताल, पथर्कोट टिक्करी र पावरा बिक्रम तोकेको छ ।
कोरोना भाइरसको संक्रमण बढिरहेको वेला शितगंगा नगरपालीकाले एक सुचना जारी गर्दै हिन्दु महिलाहरुको महान चार्ड हरितालिका नजिकिदै गर्दा भिडभाड नगरी आफनै घरमै बसेर सुरक्षित रहेर घरमै रमाइलो गर्न नगरपालीकाले सुचित गरेको छ ।
साथै जमघट भएर तिज सम्बन्धि नाचगान मनोरंजन कार्यक्रम नगर्न समेत शितगंगा नगरपालिका कोरोना विपत व्यवस्थापन समितिले आम नगरवासीमा आग्रह गर्दै अन्तर जिल्ला आवत जावत कार्यलाई समेत निषेध गरेको छ ।

अन्य समाचारहरु