नरपानीका मिर्गौला पीडित किशोरलाई उपचारका लागि आर्थिक समस्या, आफ्नो छोरा बचाईदिन परिवारको आग्रह

प्रेम खड्का 
बुटवल (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीका दुबै मिर्गौला पीडित एक किशोरलाई उपचारका लागि आर्थिक समस्या परेको छ । 
नरपानीका बाबु कृष्ण थापा र आमा अमृता थापाका १६ वर्षिय दुबै मिर्गौला पीडित छोरा बसन्त थापालाई उपचारका लागि आर्थिक समस्या परेको हो । 
बसन्तको विगत ४ महिनादेखि बुटवलको गौतम सामुदायिक मुटु हस्पिटलमा डायलिसिस गर्दै आएका छन् । उनको परिवारको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकोले उपचार गर्न समस्या परेको छ । 
पैसा नहुँदा उनलाई उपचार नगरि घर फिर्ता गर्ने अवस्थामा परिवार पुगेको छ । मजदुरी गरी घर चलाएको परिवारले भएको सम्पत्ति पनि बेचेर उपचार गर्दै आएको थियो । 
आफ्नो छोरालाई बचाउन उनको परिवारले सम्पूर्णलाई अनुरोध गरेको छ । कसैले सहयोग गर्न चाहेमा तलको बैंक विवरण अनुसार पैसा जम्मा गरेर बचाउन सकिनेछ । 
PUBLISHED: Tuesday, August 18, 2020

अन्य समाचारहरु