अर्घाखाँचीमा भाद्र १० गतेसम्म पुन: लकडाउन, अत्यावश्यक बाहेक सबै बन्द (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा काेराेनाकाे जाेखिम बढेपछि पुन: लकडाउन हुने भएकाे छ ।
सन्धिखर्कमा मंगलबार बसेकाे सर्वपक्षीय र सर्वदलीय बैठकले  यही भाद्र ३ गते बिहान ६ बजेदेखि भाद्र १० गते साँझ ६ बजेसम्म अर्घाखाँची जिल्लामा बन्दाबन्दीको घोषणा गर्ने निर्णय गरेको हो ।
 प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा आज मंगलबार बसेको सर्वदलीय बैठकले चाडपर्वका बेला हुने मानिसको बाक्लो आवत जावतलाई रोक्न यस्तो निर्णय गरेको हो । 
छिमेकी जिल्लाहरू बाट बाक्लो मानिसहरू जिल्लामा भित्रिने र जिल्लाबाट पनि अन्य जिल्लामा बिनाकाम जानेक्रम बढेका कारण मंगलबार बसेको सर्वपक्षीय बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए ।
 साथै बैठकले बिना काम माक्स नलगाई चाडपर्वका बेला बजारमा हिड्डुल गर्ने , बाक्लो भिड गर्ने , समुहमा तिजको गित गाएर नाचगान गर्नेलाई कार्वाही गरिने समेत निर्णय गरेको छ । तिजको बेला अनावश्यक भिडभाड नगर्न , आ-आफ्नो घरमा परिवार सँग रमाईलो गर्न ,बाहिर समुहमा घुलमेल नगर्न अनुरोध गरिएको छ । 
अटेर गरेको पाईएमा कानुन अनुसार कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । भदौ ३ गते देखि एक साता सम्म अति आवश्यक बाहेक अन्य गाडिहरू नचल्ने भएका छन् । अर्घाखाँचीमा पनि समुदायमा कोरोना फैलिन सक्ने संभावना रहेकाले जिल्ला बासी निकै सचेत र चनाखो हुन आग्रह गरिएको छ ।

अन्य समाचारहरु