राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबार अन्त्येष्टि हुने

माधव घिमिरेको निधनपछि उनलाई श्रद्धाञ्जलि दिन लैनचौरस्थित निवासमा जम्मा भएका शुभेच्छुकहरु। तस्बिर: बर्षा शाह / देश्सन्चार
काठमाडौँ- एक सय एक वर्षको उमेरमा मंगलबार साँझ राजधानिको लैनचौरस्थित आफ्नै निवासमा निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबारमात्र अन्त्येष्टि हुने भएको हो।
नेपाली सेनाको सलामीसहित उनको बुधबार अन्तिम संस्कार हुने भएको हो।
मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा लैनचौरस्थित निवासमै निधन भएका घिमिरेको परिवारले मंगलबार नै उनको अन्तिम संस्कार गर्ने बताए पनि  प्रधानमन्त्री कार्यालयले बुधबारमात्र अन्तिम श्रद्धाञ्जलि गर्न आग्रह गरेको थियो।  उनको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि हुने भएको हो।
निधनपछि मंगलबार साँझ उनको निवासमा उनलाई श्रद्धाञ्जलि दिन परिवारजन र शुभेच्छुकहरुको भिड लागेको छ। देश्सन्चारमा समाचार छ ।